मुन्द्रेको कमेडी क्लबमा पवनकली पनि थपिइन्

 चैत ११, २०७५ सोमबार १७:३८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यव्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा कलाकार लुनिभा तुलाधर थपिएकी छन् । 

उनी नेपाली दर्शकमाझ पवनकली नामले परिचित छिन् । 

यसअघि कार्यक्रममा दिपाश्री निरौला, जितु नेपाल, राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राई रहँदै आएका थिए । मुन्द्रेको कमेडी क्लबको अबको श्रृंखलामा भने लुनिभा तुलाधरलाई पनि देख्न पाइनेछ । 

कार्यक्रमले दर्शकको उत्कृष्ट साथ पाइरहेको छ । कार्यक्रमलाई अझ मनोरन्जनात्मक बनाउन नयाँ कलाकार थप गरिएको जितु नेपाल उर्फ मुन्दे्र बताउँछन् । 
सुरुवातमा केही आलोचना खेप्नु परे पनि पछिल्लो समय भने कार्यक्रमको लोकप्रियता बढ्दै गइरहेको छ । कार्यक्रले २५ औं एपिसोड पूरा गरेको छ । 

हरेक सोमबार राति ९ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने मुन्द्रेको कमेडी क्लब केदार घिमिरे – माग्ने बुढाको यूट्यूब च्यानल आमा अग्निकुमारी मिडियाबाट पनि हेर्न सकिन्छ ।  
 

अन्तिम अपडेट: चैत २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया