च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता भएको छ । सम्झौता भएकामध्ये ७४० स्थानीयतहमा पालिका समिति समेत गठन भइसकेका छन् ।
समाजमा हुने अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने मूलभूत उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न सम्झौता गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
पाँच महिनाअघि नेपाल प्रहरीले थालेको उक्त अभियानअन्तर्गत सात प्रदेशमा १६ हजारभन्दा बढी समिति निर्माण भएको सुवेदीले जानकारी दिनुभयो । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, पाँच हजार २९३ वडा समिति, चार हजार ८८८ टोल समिति र पाँच हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।
नागरिक समाज, स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, विद्यालयसमेतको सहभागितामा कार्यक्रम थालिएको छ । यसको मूल लक्ष्य सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने रहेको छ । समुदायसँगको साझेदारीबाट मात्रै दिगो शान्ति सम्भव हुनेहुँदा समुदायका अन्य निकायसँग साझेदारीको आवश्यकतालाई महसुस गर्दै प्रहरीले उक्त अवधारणा ल्याएको थियो ।
प्रहरीका अनुसार प्रदेश नं १ मा एक हजार २७६, प्रदेश नं २ मा दुई हजार २४८, प्रदेश नं ३ मा दुई हजार ८३, प्रदेश नं ४ मा एक हजार ७४२ प्रदेश नं ५ मा तीन हजार १६९, कर्णाली प्रदेशमा दुई हजार ३८८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार १९५ वटा समिति गठन भएका छन् ।
कार्यक्रम सञ्चालनका लागि १० हजारभन्दा बढी प्रहरी कर्मचारीलाई प्रशिक्षण गराएर स्थानीय तहमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।