ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
अफगानिस्तानमा पछिल्लो १७ वर्षदेखि युद्ध जारी छ, जसका कारण हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । पछिल्लो वर्ष झण्डै ४ हजार आम नागरिकले ज्यान गुमाए । संयुक्त राज्य अमेरिकाले बितेको कयौं वर्षदेखि तालिवानविरुद्धको लडाइमा अफगानिस्तानी सेनाको साथ दिँदै आएको थियो ।
तर अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अफगानिस्तानमा तैनाथ १४ हजार अमेरिकी सैनिकको संख्यामा भारी कटौती गर्न चाहन्छन् । तर अफगान सेना अमेरिकी सेनाको मद्धतबिना देशको सुरक्षा गर्न सक्षम होला त ?
लोगार प्रान्तमा अझै पनि तालिबानको नियन्त्रण रहेको छ । अफगानिस्तानी सेनाले भने त्यहाँबाट दुस्मनहरुलाई हटाइएको बताएको छ । तर सर्वसाधारणहरुको भने बेग्लै धारणा रहेको छ । एक व्यक्तिले नाम गोप्य राख्दै, त्यो स्थान सुरक्षित नभएको बताए । ‘यदि मसँग पैसा हुन्थ्यो भने म आज नै यो ठाउँ छोड्न तयार हुन्थेँ’, उनले भने । केही सर्वसाधारण पनि लोगार प्रान्तमा लडाइँ भइरहने बताउँछन् ।
आम नागरिक तालिबानहरु त्यहाँबाट मात्र ५० किलोमिटरको दूरीमा रहेको बताउँछन् । तर अफगानिस्तानी सेनाको उपस्थितिमा कुनै गोली नचल्नुले पनि यसले भविष्यको नयाँ किरणको आशालाई देखाएको छ ।
धेरैजसो सैन्य कारबाही स्पेशल फोर्सेज अफगानिस्तानले गर्ने गरेको छ । तर यी फोर्सको संख्या कम छ र यिनीहरु अमेरिकी सेनामा निर्भर रहने गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको यो लामो युद्धलाई समाप्त गर्ने बताएका छन् ।
अफगानी सेना पनि आफ्नो सुरक्षा आफैं गर्न सक्ने बताउन चाहन्छन् । तर यथार्थमा उनीहरु अमेरिकाको सैन्य मद्दत, अमेरिकाको पैसा र अमेरिकाको वायुसेनामा धेरै निर्भर छन् ।
अमेरिकी सेनाको १८ वर्षको मद्दतपछि अफगानी सेनाले केवल आधा अफगानिस्तानमा मात्र नियन्त्रण गर्न सकेको छ । यसले के प्रश्न उब्जन्छ भने, अमेरिकी सेना नहुँदा अफगानिस्तानको भविष्य के होला ? ‘यदि अमेरिकी सैनिकहरु एकैपटक जान्छन् भने त्यसको एकतर्फी असर पर्दछ र उनीहरु सोचेर, बुझेर जान्छन् भने त्यसको असर कम पर्दछ’, अफगानिस्तानका पूर्व खुफिया विभाग प्रमुख र गृहमन्त्री अमरुल्लाह सालेहले भन्नुभयो ।
अफगानी सेना अहिलेको अवस्थालाई आफैं सम्हाल्ने प्रयास गरिरहेका छन् र धेरैभन्दा धेरै स्पेशल फोर्स तयार गरिरहेका छन् । पछिल्लो ४ वर्षमा ४५ हजार अफगान सैनिक र प्रहरी मारिएका छन् । अमेरिका अहिले तालिबानसँग कुरा गरिरहेको छ तर केही यस्ता सवालहरु छन्, जसको जवाफ मिल्न अझै बाँकी छ ।
‘अमेरिकाले अमेरिकी सैनिकको मृत्यु र नाइन इलाभेन (९/११) मा मारिएका अमेरिकीहरुलाई भुल्न खोजिरहेको छ । मेरो हिसाबमा यो एक अपमान हो, एक चरमपन्थी समूहसँग सम्झौताको हिसाबमा कुरा भइरहेको छ । सम्झौता पनि तिनीहरुसँग, जसको हात रगतले लत्पतिएको छ’, गृहमन्त्री अमरुल्लाहले बताए ।
अफगानी नागरिकले दशकौंदेखि हिंसाको सामना गरिरहेका छन् । कतिपयलाई केवल शान्तिमात्र चाहिएको छ । तर यसको लागि उनीहरु जस्तोसुकै मूल्य चुकाउनुपर्छ भन्ने पनि चाहँदैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।