च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ ।
काठमाण्डाैबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आरोहण खुला गरिएसँगै जुगल हिमशृङ्खला ग्याल्जेन चुली प्रथम आरोहण तथा अध्ययन गर्न आरोही आधारशिविरतर्फ जाने भएका हुन् । जुगल हिमाल समुद्री सतहबाट ६ हजार १५१ मिटर उचाइमा छ ।
प्रदेश ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको कार्यालयले संयुक्त रुपमा आरोहण तथा अध्ययनका लागि सहयोग गर्ने जनाइएको छ । एउटा आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङ र अर्को माधव सापकोटाले नेतृत्व गर्नुहुने जनाइएको छ ।
ग्याल्जेन चुली आरोहण तथा अध्ययनका लागि प्रदेश नम्बर ३ सरकारको मन्त्रिपरिषद् बैठकले चुली आरोहण गर्न सिन्धु पर्यटन परिषद्लाई ४० लाख रुपैयाँ अनुदान सहयोग गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नम्बर ३ को आर्थिक समृद्धिसँग जोडिएको काठमाण्डाैबाट नजिको ‘पिक’ प्रचारप्रसार भएमा पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हालसम्म औपचारिक रुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाका ११ वटा मध्येको एक रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगै अब आरोहणका लागि ४१५ हिमाल भएका छन् । अझै एक हजार ३०० भन्दा बढी हिमाल आरोहणका लागि योग्य रहेको बताइन्छ ।
सम्भावित जोखिम, पर्यटन प्रबर्द्धनका सम्भाव्यता, रक क्लाइम्बिङ, आइस क्लाइम्बिङसम्बन्धी अध्ययन गर्ने र जुगल हिमाल आरोहणलाई प्रवद्र्धन गर्न भिडियो वृत्तचित्र तयारी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार गरिने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।