एसईई : प्रदेश दुईमा चैत २१ गतेसम्मका सम्पूर्ण परीक्षा स्थगित

 चैत १५, २०७५ शुक्रबार २०:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको र त्यसले गर्दा विद्यार्थीमाथि पर्न गएको असरलाई सरकारले गम्भीरताका साथ हेरेकाे बताउनु भएकाे छ ।

शिक्षा मन्त्रालयमा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लाखौँ विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने आपराधिक काम भएकाले उनीहरुमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाउनु भएको छ । 

श्रृङ्खलाबद्ध रुपमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर दुईमा चैत २१ गतेसम्म सञ्चालित हुने सम्पूर्ण विषयका परीक्षाहरु स्थगित गरिएको पनि मन्त्री पोखरेलले बताउनुभयो । स्थगित विषयका अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने पनि उहाँले बताउनुभयो । २०७५ सालको चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । 

प्रदेश दुईमा विज्ञान, सामाजिक शिक्षा विषयका प्रश्नपत्र बाहिरिएको थियो । यसले गर्दा पनि  प्रदेश दुईमा सम्पूर्ण विषयकै प्रश्नपत्र बाहिरिएको आशंका गरिएको थियो ।

मन्त्री पोखरेलले अन्य प्रदेशको हकमा भने परीक्षा नियमित ढंगले संचालन हुने उल्लेख गर्दै ढुक्क भएर सहभागी हुन पनि सबै परीक्षार्थीहरुलाई आह्वान गर्नु भएको छ ।

उहाँले प्रश्नपत्र बाहिर्‍याउने काममा सहभागी भएकाहरुको अनुसन्धान गरी दोषीउपर कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।  घटनाको छानबिनका लागि शिक्षा मन्त्रालय आफैले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि घटनाको अनुसन्धानको कामलाई अघि बढाएको छ ।

प्रदेश दुईमा २६२ परीक्षा केन्द्र मा ७० हजार ५ सय ६२ परीक्षार्थी सहभागी छन् । 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Awanish

    March 31, 2019, 2:29 p.m.

    एसइइ परिक्षा बन्द भएकोले म दु:खी छु /

  •  0 Reply

तपाईको प्रतिक्रिया