ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाले पहिलो महिला राष्ट्रपति पाएको छ । भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभाले राष्ट्रपतिको चुनाव जित्दै देशकी पहिलो महिला राज्य प्रमुख बनेकी हुन् ।
जुजानासँग राजनीतिक अनुभव थिएन, उनले सत्तासीन पार्टीका उच्च व्यक्तित्वका राजनीतिज्ञ तथा मारोस सेफकोभिकलाई दोस्रो राउण्डको रनअफ भोटमा पराजित गरेकी हुन् । जुजानाले चुनावलाई राम्रो र नराम्रोबीचको संघर्षको रुपमा लिएकी थिइन् ।
यो चुनाव पछिल्लो वर्ष एक खोजी पत्रकारको हत्यापछि भएको हो । पत्रकार जन कुइयाकले राजनीतिज्ञ र संगठित अपराधबीच सम्बन्ध रहेको पाएपछि गएको फेब्रुअरी २०१८ मा उनकी पत्नीसँगै उनको गोली हानेर हत्या गरिएको थियो ।
त्यो घटनापछि जुजानाले राष्ट्रपतिको पदका लागि चुनाव लड्ने घोषणा गरेकी थिइन् । जुन निकै ठूलो औपचारिक भूमिका थियो । उनले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए ।
पहिलो मतदानमा जुजानाले ४० प्रतिशत मत प्राप्त गरेकी थिइन् जुन सेफकोभिकले प्राप्त गरेकाे मतभन्दा १९ प्रतिशतभन्दा कम थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।