लुक्ला आउने विमान उडान मन्थलीबाट हुने

 चैत १९, २०७५ मंगलबार ७:१३:४६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु  – लुक्ला आउनका लागि रामेछापको मन्थली विमान स्थलबाट उडान सुरु गरिएको छ । 

काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मतका कारण प्रभावित हुने भएपछि सोमबारबाट विकल्पको रुपमा मन्थली विमानस्थल प्रयोग गरिएको हो । 

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्य अवधिभर रामेछापको मन्थली विमास्थलबाट लुक्लाको लागि उडान हुने नागरिक उड्ययन प्रधिकरणले जनाएको छ ।

खुम्बु आउने पर्यटकलाई काठमाण्डौबाट सडक मार्ग हुँदै रामेछाप ल्याउने र रामेछापबाट लुक्ला विमानस्थल ल्याउने कार्य सुरु भएको लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकरीले जानकारी दिनुभयो ।

सोमबार लुक्ला विमानस्थलमा ७२ विमान उडान तथा अवतरण भएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया