बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता

 चैत १९, २०७५ मंगलबार ८:०:४५ | रासस

काठमाण्डौ – कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणनामा प्रगतिशील, समूहका उम्मेदवारले अग्रता लिएका छन् । 

झापा, इलाम र विराटनगरको मतगणना सकिँदा अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठले १ सय ९६ र लोकतान्त्रिक समूहका सुनिल पोख्रेलले  १ सय ९ मत पाउनुभएको छ ।

अहिलेसम्म तीन सय ५ मत गनिसकिएको र मंगलबार ९ बजेदेखि फेरी गणना सुरु हुने निर्वाचन समितिका सदस्य शिव रिजालले जानकारी दिनुभयो । सबै मत गनिसक्न अझै ४ दिन जति लाग्ने उहाँले बताउनुभयो । 

२५ औं केन्द्रीय कार्यसमितिका लागि गएको शनिबार भएको मतदानमा देशभरका आठ हजार ३ सय २९ जनाले मतदान गरेका थिए । 
 
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया