हावाहुरीका कारण घाइते बालकको उपचारका क्रममा ज्यान गयाे

 चैत १९, २०७५ मंगलबार १६:५१:४९ | रासस
unn.prixa.net

पर्सा - आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भएर यहाँस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरालाई उपचारको लागि नेशनल मेडिकल अस्पतालमा भर्ना गराएकामा मंगलबार उनको मृत्यु भएको हो । हावाहुरीमा परेर मृत्यु हुनेको संख्या बारामा मात्रै २८ पुगेको छ भने पर्साका दुई गरी जम्मा ३० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ

 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया