च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
ललितपुर - ललितपुर महानगरपालिकाले ‘मोबाइल एप’ बाटै ट्राफिक बत्तीको नियन्त्रण गर्ने प्रविधि सुरु गरेको छ । महानगरपालिकाले आजदेखि जावलाखेलको अल्का चोकमा यो प्रविधिको सुरुवात गरेको हो ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक प्रहरी कुन्दनकुमार साहलाई ‘एप’ प्रयोगका लागि मोबाइल सेट हस्तान्तरण गर्नुभयो । यो प्रविधिअनुसार मोबाइल प्रयोग गरेर सवारीको चापअनुसार सडक बत्तीको नियन्त्रण गर्न सकिन्छ । सडकमा हुने सवारी साधनको चापअनुसार ट्राफिक प्रहरीले सडक बत्तीको नियन्त्रण मोबाइलबाटै गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।
अल्का अस्पताल चोकमा अहिले परीक्षणका रुपमा मात्रै प्रविधिको शुरुआत भएको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँका अनुसार यसअघि ललितपुर महानगरपालिकाले छ जना ट्राफिक प्रहरीलाई यो प्रविधिको प्रयोगसम्बन्धी तालीमसमेत दिएको थियो । यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने उहाँले बताउनुभयो । आगामी दिनमा प्रविधि विस्तार गर्ने महानगरको योजना रहेको छ । उहाँले भन्नुभयो, 'यो परीक्षण सफल भएमा अरू २० स्थानमा समेत प्रविधि विस्तार गर्ने योजना छ ।'
अल्का चोकमा उग्रचण्डी मन्दिरबाट आउने सडकमा सेन्सर बिछ्याइएको महानगरले जनाएको छ । त्यो ‘सेन्टर’ मा गाडीको चक्का पर्नासाथ बत्ती बल्ने र त्यहीअनुसार ट्राफिकले मोबाइलबाटै व्यवस्थापन गर्ने महानगरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।