च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सप्तरी - राजविराज नगरपालिका–३, की आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने रकम बारा–पर्साका हावाहुरी प्रभावित पीडितलाई प्रदान गर्नु भएको छ ।
जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश नं २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट रकम जम्मा गर्ने आराध्याका बुबा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका महासचिव तथा प्रदेश सांसद मनिष सुमनले जानकारी दिनुभयो ।
आराध्याको जन्म दिनको अवसरमा खर्च हुने अनुमानित २१ हजार रुपैयाँ जन्मदिनका दिन बुधबार मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने नेता सुमनले बताउनुभयो ।
आराध्याले नै यसपटक जन्म दिन नमनाउने बताउँदै सो रकम हावाहुरी पीडित परिवारलाई दिएर सामाजिक काममा लगाउने उहाँले बताउनुभयो । आइतबार साँझ आएको विनाशकारी आँधीबाट घाइते भएका र ज्यान गुमाएकाकाे परिवारलाई सहयोग हाेस् भन्ने उद्देश्यले सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नेता सुमनले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।