पेनाल्टी सुटआउट प्रतियोगिता हुने

 चैत २०, २०७५ बुधबार १६:४१:४४ | निर्मला खडायत
unn.prixa.net

कैलाली – धनगढीमा पेनाल्टी सुटआउट प्रतियाेगिता हुने भएकाे छ । बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको जानकारी दिइएको हो ।

गएकाे वर्ष जस्तै यस वर्ष पनि चैत्र ३० गते रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता हुने प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले बताउनुभयो । ३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाउने यस प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार रपैयाँ र ट्रफी, दाेस्राे हुनेले ७५ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट गाेलरक्षक तथा उत्कृष्ट स्कोररले माइक्रोम्याक्स कम्पनीको मोबाइल पाउने छन् । सबैभन्दा पाको उमेरका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिहरु मध्येबाट गोलाप्रथाबाट एकजनालाई होण्डा कम्पनीको स्कूटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

त्यसका लागि दर्शकले ५० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था हुन्छ । प्रतियोगिता धनगढीमा रहेको ओम प्यालेसमा चैत्र ३० गते साँझ सुरु भइ राति १२ बजे नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै समापन गरिने छ ।

स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा गएकाे सात वर्षदेखि याे आयोजना हुँदै आएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया