चौध वर्षका बालकले भिडियो गेम खेलेरै कमाए २ करोड रुपैयाँ

 चैत २१, २०७५ बिहीबार १८:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाको न्यूयोर्क शहरका १४ वर्षीय बालक ग्रिफिन स्पिकोस्कीले भिडियो गेम खेलेर नै एक वर्षमा २ लाख अमेरिकी डलर कमाएका छन् । सन् २०१८ मा उनले भिडियो गेम खेलेर नै २ करोड २२ लाख नेपाली रुपैयाँभन्दा बढी कमाइ गरेका हुन् । 

गिफ्रिन हरदिन ८ घण्टा भिडियो गेम फोर्टनाइट खेल्छन् । उनी आफ्नो भिडियो आफ्नै यूट्यूब च्यानल स्केप्टिकमा नियमित राख्छन् । उनको च्यानलमा विज्ञापनदाता र प्रायोजकको माध्यमबाट लगातार कमाइ हुने गरेको छ । 

ग्रिफिनको च्यानललाई १२ लाखले सब्स्क्राइब गरेका छन् । उनको भिडियोलाई ७.१ करोड भ्यू मिलिसकेको छ । उनका अभिभावकका अनुसार, गिफ्रिनको ध्यान भिडियो गेममा नै हुने गर्दछ । 

रिपोर्टहरुका अनुसार, ग्रिफिनको कमाइ देखेर उनका अभिभावकले आर्थिक सल्लाहकार र लेखापाल पनि राखेका छन् । पछिल्लो वर्ष उनले चिनिएका र चर्चित फोर्टनाइट गेमका खेलाडीलाई हराएपछि उनी चर्चामा आएका थिए । उनको त्यो भिडियोलाई यूट्युबमा ७५ लाख बढीले हेरेका थिए, जसबाट ग्रिफिनले सय डलरको पहिलो कमाइ गरेका थिए । 

एक अन्तर्वार्तामा ग्रिफिनका अभिभावकले आफ्नो छोराको गेमप्रतिको लगावलाई देखेर उच्च माध्यमिक विद्यालयबाट निकालेको बताएका थिए । ग्रिफिन अहिले अनलाइनको माध्यमबाट पढाइ गरिरहेका छन् । 

अभिभावकका अनुसार, ग्रिफिनले ३ वर्षको उमेरदेखि नै भिडियो गेम खेल्न शुरु गरेका थिए । उनका आफन्तहरु गेममा कुनै भविष्य नभएको बताउने गर्दथे । तर अहिले ग्रिफिनलाई ९ बजेदेखि ५ बजेसम्म नोकरीको जरुरी छैन । उनी गेम खेलेर नै कमाइ गर्दै आइरहेका छन् ।  
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया