एसईई प्रश्नपत्र ‘आउट’ गर्ने २ प्रहरीसहित ६ जना पक्राउ

 चैत २१, २०७५ बिहिबार १७:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा पक्राउ परेका एक शिक्षक र दुई जना प्रहरी सहित ६ जनालाई आज सार्वजनिक गरिएको छ । 

केन्द्रीय अनुसन्धान ब्यरो सीआईबीले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरेर घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो । 

सीआईबीले गरेको अनुसन्धानमा सप्तरीका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहिर ल्याउन भूमिका खेलेको पाइएको छ । आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान भएको भएको प्रहरीले बताएको छ । 

चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो । रद्ध गरिएका परिक्षाहरु भोलिबाट सुरु हुँदैछन् ।

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया