धादिङ केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

 असार १४, २०७५ बिहीबार १०:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । धादिङ केन्द्रविन्दु भएर विहान  ९ बजेर ५२ मिनेट ४७ सेकेण्डमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धादिङ सुनौलोबजारदेखि ४ दशमलव ५ किलोमिटरको दूरीमा भूकम्प गएको हो ।

यो २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्ला र पोखरामा पनि महशुस गरिएको छ । भूकम्पको थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अन्जित मोक्तान

    June 28, 2018, 10:37 a.m.

    नेपालीलाई भुकम्प ले रुवाउनु रुवायो फेरि पनि भोलि के हुने हो पर्सि के हुने हो खै मनमा झन झन् पिडा पड्केर आउछ हे भगवान,!?।।

  •  0 Reply

तपाईको प्रतिक्रिया