एकै परिवारका तीन जनाले गरे आत्महत्या

 चैत २२, २०७५ शुक्रबार १०:३७:५८ | रासस
unn.prixa.net

चितवन – एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।

एकै स्थानमा तीनजनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिनुभयो । उहाँसहितको प्रहरी टोली अहिले घटनास्थलमा छ ।

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाल आर्मीमा काठमाण्डाैमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीन्दाको आशङ्का छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया