शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
हुम्ला – हुम्ला जिल्लाका रहेका कैदी बन्दीहरुको पढ्नका लागि पुस्तकालय स्थापना भएको छ ।
कैदी बन्दीहरुको पढ्नका लागि भन्दै पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालयभित्र रहेको कारागार कार्यालयको नव निमार्णाधीन भवनमा पुस्तकालय रहेको छ । कैदी बन्दीहरुको जेल जीवनको समयलाई ज्ञानमूलक अध्यायनका लागी कर्णाली प्रदेश प्रहरीको पहलमा हुम्ला जिल्लामा पनि पुस्ताकालय स्थापना गएिको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।
बाहिरी संसारबारे जान्न र बुझ्न कैदी बन्दीलाइ अध्ययनका लागि भन्दै २ सय २० वटा पुस्तक संकलन गरिएको छ । कर्णाली प्रदेशका सबै जिल्लाभित्र पुस्तक अभियानमार्फत संकलन गरिएका पुस्तक पत्र पत्रिकाहरुलाइ संकलन गरी राखिने जेलर डवले रावतले बताउनुभयो ।
पुस्तकालय स्थापनाका लागि जिल्लाका स्थानीय लेखक पत्रकारहरुले पनि पुस्तक हस्तान्तरण गरेका थिए । हुम्लाश्री आचलीका सम्पादक कर्ण रोकायाले १० वटा पुस्तक, लेखक तथा शिक्षक मधु बस्नेतले ३ वटा पुस्तक उपलब्ध गराएका थिए ।
पुस्तक अध्ययनले कैदी बन्दीहरुले ज्ञान हासिल गरी समाजमा पुनस्थापना हुदा सकरात्मक सोचको विकास गरेर जाने उद्देश्यले कर्णाली प्रदेश प्रहरीले पुस्तक अभियान चलाएर जिल्ला जिल्लामा रहेका कारागारहरुमा पुस्तकालय स्थापना गरेको छ ।
‘कारागारलाई किताब’ अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरीले प्रदेशमा रहेका सबै कारागारमा पुस्ताकालय स्थापना गर्दैछ । यो अभियानका प्रमुख अभियन्ता प्रसिद्ध आख्यानकार तथा कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह हुनुहुन्छ ।