ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय चुनावको अभियानमा मेक्सिको–अमेरिका सीमाले ठूलो भूमिका खेल्ने विश्वास गर्छन् ।
सीमापारिबाट आउने व्यक्तिहरुमाथि दुर्व्यवहार हुन्छ, जसलाई विपक्षी पार्टीका नेताले आलोचना गर्दै आइरहेका छन् । तर ठूलो संख्यामा अवैध रुपमा घुसपैठ गर्नुलाई ट्रम्प राष्ट्रिय आपतकाल मान्छन् ।
ट्रम्प भन्छन्, ‘हाम्रो प्रणाली पूर्ण छ, हामी अब तपाईंहरुलाई लिन सक्दैनौं, हाम्रो देश भरिएको छ । त्यसैले फर्किनुहोस् ।’
यसै क्रममा झण्डै २ सय व्यक्तिहरुले प्रदर्शन गरिरहेका थिए । उनीहरुले हातमा अमेरिका र मेक्सिकोको झण्डा लिएका थिए र उनीहरु भनिरहेका थिए, ‘परिवारलाई अलग गर्न बन्द गर, यदि पर्खाल लगाइयाे भने हाम्रा पिँढीले भत्काउने छन् ।’
तर अमेरिकी सीमाको अर्काे भागमा जम्मा भएका दर्जनौं व्यक्तिहरु भने ट्रम्पको समर्थन गर्दै भनिरहेका थिए, ‘पर्खाल बनाऊ ।’
वाशिङ्टन जानुअघि ट्रम्पले आफ्नो पछिल्लो चेतावनीले मेक्सिकोका अधिकारीहरुलाई मनाउन सफल भएको बताएका थिए । जसका कारण उनले उत्तरतर्फ जाने प्रवासीहरुलाई रोकेका छन् ।
यद्दपि राष्ट्रपति ट्रम्पले सीमा बन्द गरेर केही नहुने संकेत पनि दिइसकेका छन् । उनले चेतावनी दिँदै भनेका छन् कि यदि प्रवासी र लागुऔषधको तस्करी नरोकिए मेक्सिकोलाई अटो आयातमा २५ प्रतिशत शुल्क लगाइनेछ ।
यसअघि ट्रम्पले अवैधरुपमा अमेरिका छिर्ने प्रवासीलाई रोक्नका लागि सीमा बन्द गर्ने चेतावनी दिँदै आएका थिए तर अहिले उनी शुल्क बढाउने चेतावनी दिन थालेका छन् ।
अमेरिकी रक्षा विभाग पेन्टागनले अमेरिका–मेक्सिको सीमानामा पर्खाल लगाउनका लागि १ अर्ब अमेरिकी डलर जारी गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।