परीक्षार्थीलाई चिट चोर्न सघाउने निरीक्षक निष्कासित

 चैत २३, २०७५ शनिबार २०:२९:१३ | रासस
unn.prixa.net

लहान - माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत शनिबार सम्पन्न अनिवार्य सामाजिक विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै एक जना निरीक्षकलाई निष्कासन गरिएको छ । 

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले लहानकाे पशुपति मावि परीक्षा केन्द्रबाट एक जना निरीक्षकलाई निष्कासन गरेको शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख डोलराज पाण्डेले जानकारी दिनुभयो । 

शुक्रबार भएको अनिवार्य विज्ञान विषयको चन्द्र मावि परीक्षा केन्द्रबाट ३ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो । यसबाहेक अन्य परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा सम्पन्न भएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया