५ लाख घर बन्दै

 असार १४, २०७५ बिहीबार १८:३८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भूकम्पले भत्केका घर पुनर्निर्माणको संख्या पाँच लाख पुगेको छ । 

निजी आवासका लागि अनुदान सम्झौता गरेका कूल ७ लाख २० हजार ७ सय ४२ लाभग्राही मध्ये ६९ दशमलव ४७ प्रतिशतले घर निर्माण सुरु गरेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार ५ लाख ७ सय ३६ घर पुनर्निर्माणको चरणमा छन् । यसमध्ये १ लाख ९४ हजार ७ सय ३१ घरको पुनर्निर्माण भइसकेको छ ।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४ सय १९ घरको पुनर्निर्माण सुरु भएको छ । त्यसैगरी नुवाकोटमा ६४ हजार १ सय ६१, धादिङमा ५९ हजार ३ सय ९८, गोरखामा ५२ हजार ४ सय ४८, दोलखामा ५२ हजार २ सय ३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८ सय २, रामेछापमा ३८ हजार ३ सय ४२ घरको पुनर्निर्माण कार्य सुरु भएको छ ।

अति प्रभावित १४ जिल्लाका साथै कम प्रभावित १८ जिल्लामा पनि निजी आवास पुनर्निर्माणले गति लिएको छ । कम प्रभावित जिल्ला मध्ये लमजुङमा सबैभन्दा धेरै ४ हजार ७ सय ४५ घरको पुनर्निर्माण सुरु भएको छ ।

त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या ४ लाख ५५ हजार ५ सय ८१ छ भने तेस्रो किस्ताका लागि २ लाख ६ हजार ८ सय ९२ लाभग्राही योग्य भइसकेका छन् ।

निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धताका साथै केही नीतिगत व्यवस्थामा गरिएका सुधारका कारण निजी आवास पुनर्निर्माणमा तीव्रता आएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताउनुभयो ।

पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म गुनासो दर्ता गरेकामध्ये ३३ हजार ४ सय ३१ लाभग्राही थपिएका छन् ।

भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्तामा १ लाख रुपैयाँ पाउँछन् ।

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया