नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेलको तालिका परिवर्तन, भोलि...
चैत १५, २०८० बिहिबार
सोलुखुम्बु - निर्माणाधीन तल्लो सोलु हाइड्रो पावर कम्पनीमा काम गर्ने एक भारतीय कामदारको ज्यान गएको छ ।
टनेलमा प्लास्टर गर्नेक्रममा माथिबाट आएको ढुंगाले किच्दा २० वर्षका रबिआल अलीको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
भारतको आसाम पानीमरिचा स्थायी ठेगाना भएका अलीको मंगलबार बिहान ६ बजे जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ज्यान गएको सोलुखुम्बुका प्रहरी निरीक्षक अम्बर निरौलाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा निर्माणाधीन हाइड्रो पावरमा सात महिनाअघि काम गर्न आएका अलीका तीन दाजुभाइ सँगै काम गरिरहेका थिए । शवको मंगलबार नै जिल्ला अस्पताल फाप्लुमा पोस्टमर्टम गरी भारत लगिएको छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।