नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
बझाङ - १९९० सालमा जन्मनु भएकी साएपाल गाँउपालिका–४ की फुर्पु लामु बोहराले ८६ वर्षको उमेरमा घरैमा ७११६७५।०००१६ नम्बरको नागरिकता पाउनुभएको छ ।
घुम्ती शिविरका क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोलीले साइपालको धुलीमा रहेको बोहराको घरमै पुगेर नागरिकता दिनुभएको हो ।
घरमै नागरिकता पाएपछि बोहराले प्रमुख जिल्ला अधिकारी सहितको टोलीलाई धन्यबाद व्यक्त गर्नुभयो ।
‘बुढेसकालमा नागरिकता मात्रै बनाउन सके हुन्थ्योजस्तो लागेको थियो’, बोहराले भन्नुभयो, ‘मसंगका धेरै जस्तो साथीसंगीहरु नागरिकता नै नपाएर मरे । मेरो पनि त्यस्तै हालत होला भन्ने सोचेकी थिएँ । धन्न शिविरले नागरिकता बनाइदियो, सरकारलाई धन्यवाद छ ।’
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अब सामाजिक सुरक्षा भत्ता पाइने र त्यो रकमले के गर्नु हुन्छ भनेर सोध्दा बोहराले रक्सी र मासु खाने बताउनुभयो । उत्तर सुनेर छक्क परेका प्रजिअ अधिकारीले कारण बुझ्दा बोहराले आफूहरुको सुख दु:ख दुवैमा रक्सी खाने चलन भएकाले नागरिकता पाएको खुशीमा रक्सी र मासु खाने जवाफ दिनुभयाे ।
बोहराजस्तै यहाँ धेरै व्यक्तिहरुले घरमा नै नागरिकता पाएपछि दंग भएका छन् । एउटा नागरिकता लिन १० देखि ३५ हजारसम्म खर्च हुने गरेका कारण यहाँका धेरैजसोले नागरिकता नै नबनाएको पाइएको प्रमुख जिल्ला अधिकारी सुनारको भनाइ छ ।
आफ्नो नागरिकता बनाउँदा २० हजार खर्च भएको बताउँदै फुर्पुलामु बोहराका छोरा धन बहादुरले अहिले आमालाई बोकेर सदरमुकामसम्म पुर्याउन सकिने अवस्था नरहेको र मौकाले शिविर सञ्चालन भएकाले नागरिकता पाएको बताए ।
यस्तै साइपाल गाँउपालिका–४ का ७६ वर्षीय पौरख्या बोहराले पनि नागरिकता पाएका छन् भने धेरैले युवाहरुले नागरिकता, तिब्बत प्रवेश पत्रलगायतकf सेवा पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।