माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
बैशाख ११, २०८२ बिहिबार
भारतमा लोकसभा चुनाव सुरु भइसकेको छ । पहिलो चरणको मतदानमा ९१ लोकसभा सिटका लागि भोट खसिसकेको छ । सात चरणमा सम्पन्न हुने चुनावमा उत्तर प्रदेश एक निकै नै महत्वपूर्ण राज्य हो, किनकि देशमा कसको सरकार बन्छ, त्यसमा उत्तर प्रदेशको ८० सिटले निकै ठूलो भूमिका हुन्छ ।
पछिल्लो लोकसथा चुनावमा कांग्रेस पार्टीले उत्तर प्रदेशमा मात्र दुई सिट जितेको थियो । जबकि पूर्ण बहुमतको सरकार बनाउने भारतीय जनता पार्टीले सहयोगीसँग मिलेर ७३ सिटमा कब्जा गरेको थियो ।
अहिले उत्तर प्रदेशमा कांग्रेस पार्टीको अगुवाइ कुनै जमानाका चर्चित अभिनेता राज बब्बरले गरिरहेका छन् । उनी पार्टीका प्रदेश अध्यक्ष हुन् ।
गएको शुक्रबार मात्रै कांग्रेसले आगरा लोकसभा सिटका उम्मेदवारसँगै स्थानीय घोषणापत्र पनि जारी गरेको थियाे । यही दौरान समाचार संस्था बीबीसीसँग कुरा गर्दै राज बब्बरले उत्तर प्रदेशमा कांग्रेसको सम्भावनाका बारेमा चर्चा गरेका छन् ।
उनी भन्छन्, ‘विपक्षीहरु यो पटक कांग्रेस पछिल्लो पटकभन्दा कम सिटमा सीमित हुने बताइरहेका छन् ।’ राज बब्बरले यसलाई विपक्षी दलको घमण्ड भएको बताएका छन् ।
‘जनता अहिले उत्तर प्रदेशमा बीजेपीको नभई कांग्रेसलाई चाहिरहेका छन् ,’ उनी भन्छन् ।
एकतर्फ बीजेपी कांग्रेस मुक्त भारतको कुरा गरिरहेको छ भने अर्काेतर्फ सपा–बसपा गठबन्धनका अनुसार, कांग्रेसले उत्तर प्रदेशमा उनीहरुको भोट काटिरहेको बताउँदै आएका छन् । यसबारेमा कांग्रेस प्रदेश अध्यक्ष राज बब्बरले भने, ‘म विरोधीहरुको पनि सम्मान गर्छु र उनीहरुमाथि कुनै टिप्पणी गर्न चाहन्न ।’
अहिले कांग्रेसको घोषणापत्रलाई लिएर लगातार चर्चा भैरहेको छ । विशेषगरी किसानलाई बर्सेनी ७२ हजार मद्दत र युवालाई सरकारी नोकरीमा भर्तीको विषयलाई लिएर पनि कांग्रेसको घोषणापत्र चर्चामा रहेको हो ।
'अब होगा न्याय'
— Raj Babbar (@RajBabbarMP) April 12, 2019
आगरा में आज कांग्रेस घोषणापत्र जारी करने के शुभ मौके पर।
ग़रीबी पर करारा वार ज़रूरतमंद परिवार को सालाना 72 हज़ार - इस एक वादे ने जनता का दिल जीत लिया है। क्योंकि जनता जानती है कि कांग्रेस किये गए वादों को पक्का निभाती है।
जय कांग्रेस - विजय कांग्रेस pic.twitter.com/rSGIoD3tYD
राज बब्बर यस सम्बन्धमा भन्छन्, ‘जनता कांग्रेसमाथि विश्वास गर्छन् र हामीले पनि जनताको विश्वासलाई टिकाउनकै लागि नारामात्र नभइ काम पनि गर्छाैं ।’
‘यसको अलावा कांग्रेस पार्टीले गरिबको उपचार खर्च पनि उठाउनेछ, यस्तो कुरा अरु कुनै पार्टीको घोषणापत्रमा सुनिएको छैन, मात्र नारामा सीमित छ,’ उनले भने ।
राज बब्बरले भाजपालाई निशाना बनाउँदै भनेका छन्, ‘बीजेपीले कांग्रेसको घोषणापत्रलाई लिएर यी घोषणाका लागि रकम कहाँबाट आउँछ भनेर सवाल गरिरहेको छ ।’
‘यी सारा रकम जहाँबाट किसानको ऋण माफीको रुपैयाँ आयो, त्यहीँबाट नै आउँछ । यतिले नपुगे अम्बानी र आडबानीको खल्तीबाट भए पनि दिन्छौं, तर जरुर दिन्छौं, ’ उनले थपे ।
उत्तर प्रदेशमा कांग्रेसको सामु निकै चुनौति रहेका छन् । यहाँ कांग्रेसलाई विपक्षी पार्टीमात्र नभइ गुमेको साख जोगाउन पनि संघर्ष गर्नुपर्ने हुन्छ । सन् २०१४ को लोकसभा चुनावमा उत्तर प्रदेशमा कांग्रेसले जम्मा ७ प्रतिशत भोट पाएको थियो, जसमा ८० सिटमध्ये २ मात्र जितेको थियो ।
राज बब्बर भने जनतालाई भाजपाको विकल्प चाहिएको र कांग्रेसलाई नै सही विकल्प छान्ने बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।