सुडानमा पूर्व मन्त्रीहरु पक्राउ

 बैशाख २, २०७६ सोमबार ९:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुडानमा पूर्व मन्त्रीहरु पक्राउ पर्न थालेका छन् ।

राष्ट्रपति ओमार बशीरलाई पदच्युत गरेर सत्ता हातमा लिएको सेनाले बशीर नेतृत्वको सरकारका मन्त्रीहरुलाई पनि पक्राउ गरेको तर उनीहरुको नाम भने नखुलाइएको बीबीसीले जनाएको छ ।

यसैबिच, लेफ्टिनेन्ट जनरल अब्दुल रहमान बुर्हान नेतृत्वको सेनाले अर्को प्रधानमन्त्री बनाउने विषयमा सकारात्मक रहेको जनाएको छ । तर नागरिक शासन लागु नभएसम्म सडक प्रदर्शन नरोक्ने प्रदर्शनकारीले माग गर्दै आएका छन ।

सैन्य सरकारका प्रवक्ता अदडिन शान्तोले सडक प्रदर्शन गरिरहेको द सुडान प्रोफेसनल्स एशोसिएसनले चाहेमा नागरिक शासन लागु गर्न तयार रहेको र त्यसका लागि नागरिक प्रधानमन्त्री छान्न सकिने बताएको खबरमा उल्लेख छ । 

गएको हप्ता झण्डै ३० बर्ष शासन चलाएका राष्ट्रपति बशीरलाई हटाएर सेना प्रमुख अबाद इफ औफले आफैलाई रक्षामन्त्री घोषणा गरेका थिए । तर राष्ट्रपति बशीरका समर्थक र सुडानका नागरिकले सडक प्रदर्शन चर्काएपछि उनले पदत्याग गर्दै लेफ्टिनेन्ट जनरल बुर्हानलाई उत्तराधिकारी घोषणा गरेका छन् ।        
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया