जबर्जस्ती करणीको अभियोगमा चारजना पक्राउ

 बैशाख ३, २०७६ मंगलबार १०:१३:५७ | रासस
unn.prixa.net

कास्की – पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र साेमबार नै चारजनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।           

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया