च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - प्रगतिशील लेखक सङ्घले विचारकै आधारमा साहित्यकार तथा कलाकारलाई राज्यले गिरफ्तार गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य नगर्न आग्रह गरेको छ ।
'हामी कुनै पनि प्रगतिशील स्रष्टालाई राज्य तहबाट हुने कुनै पनि तहको दमनकारी क्रियाकलापका विरुद्ध आवाज उठाउनु नैतिक दायित्व ठान्दछौँ', प्रलेसका अध्यक्ष डाक्टर जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहद्वरा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'गिरफ्तार लेखक साहित्यकार एवं कविकलाकारको यथाशीघ्र रिहाइका लागि अपिल गर्दछौँ ।' पछिल्लो समयमा रसुवाली कविलाई सरकारले गिरफ्तार गरेको थियो ।
सङ्घले प्रस्तावित नागरिकता ऐन संंशोधन विधेयक २०७५का सम्बन्धमा निर्णय लिँदा जनमानसमा भइरहेको आलोचना र टीका टिप्पणीप्रति गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।