मापदण्डविपरीत सञ्चालित श्री ग्यासकाे उत्पादनमा राेक, आवश्यक सुधार नगरे अनुमति खारेज गरिने

 बैशाख ४, २०७६ बुधबार १९:४४:४२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ –  नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डविपरीत सञ्चालित गरेको श्री ग्यास उद्योग, धादिङलाई कारबाही गरेको छ ।

विभागको टोलीले बुधबार निरीक्षणका क्रममा श्री ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टेस्ट नगरिकन सिलिण्डरको म्याद थप गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागको मापदण्ड कार्यान्वयन नगरेकाले तत्कालका लागि ग्यास उत्पादनमा रोक लगाएको जानकारी दिनुभयो ।

'विभागको मापदण्ड पूरा नगरेकाले तत्काल उत्पादनका लागि रोक लगाएका छौँ, आवश्यक सुधार नगरे प्रमाणपत्रसमेत रद्द गर्नेछौँ', उहाँले भन्नुभयो । विभागले यसअघि पनि मापदण्ड पूरा नगरी सञ्चालन गर्ने विभिन्न किसिमका उद्योगलाई कारबाही गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया