च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि आर्मीले कप्तान श्रेष्ठलाई आठौँ राष्ट्रिय खेलकुदमा सहभागी नगराउने भएको हो ।
आर्मीले आठौँ राष्ट्रियका लागि गराएको खेलाडी दर्तामा श्रेष्ठको नाम समावेश छैन । आर्मीका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले महत्वपूर्ण खेलअघि श्रेष्ठ देशबाहिर गएकाले कारबाहीस्वरुप उनलाई आठौँ राष्ट्रियमा समावेश नगरिएको बताउनुभयो । क्लबमा अनुमतिका लागि पत्र आएको भए पनि ठूलो प्रतियोगिताअघि श्रेष्ठलाई विभागले जापान जान अनुमति दिएको थिएन । नेपाली राष्ट्रिय टोलीका स्पाइकर श्रेष्ठ पाँचौँ सिल्भर रनिङ कप भलिबल खेल्न गएकाे सोमबार जापान गएका थिए । उनी आज नेपाल फर्केका छन् ।
गल्कोट स्पोर्ट्स क्लब टोक्योको आयोजनामा भएको त्यस प्रतियोगिता बुधबार सम्पन्न भएको छ । एकदिने प्रतियोगितामा श्रेष्ठले ‘म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानबाट खेलेका थिए । श्रेष्ठले आर्मी क्लबले बोलाए आफू आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगञ्ज जान तयार भएको बताए । बाँकेको खजुरामा पुरुष भलिबल प्रतियोगिता भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।