राष्ट्रपति भण्डारीद्वारा प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चका न्यायाधीश नियुक्त

 बैशाख ६, २०७६ शुक्रबार १८:३७:२३ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदकाे सिफारिसमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रपतिले संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिसमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गर्नुभएको छ । शुक्रबार नै संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा उहाँले पाँच जनालाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौँका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौँका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया