माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
बैशाख ११, २०८२ बिहिबार
भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदी 'राफेल डिल' काण्डमा जेल जान सक्ने बताएका छन् । सञ्चार संस्था हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अध्यक्ष गान्धीले यस्तो बताएका हुन् ।
हिन्दुस्तान टाइम्सका संवाददाताले राहुल गान्धीलाई सोधे, ‘प्रधानमन्त्री मोदीले अन्तर्वार्तामा मसँग भन्नुभएको थियो कि राफेल डिलमा मैले सबै कुरा भनिसकेँ । तपाईंहरु उनीहरुसँग (राहुल गान्धी) आरोपको प्रमाण के छ भनेर किन सोध्नुहुन्न ? अब त उच्च अदालतले पनि राफेल डिलको वैधतामा शील गरिसकेको छ । यस सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?’
पत्रकारको यी प्रश्नको जवाफ दिँदै भने, ‘हिन्दु अखबारले राफेलसम्बन्धी जुन दस्तावेज छापेको छ, त्यसबाट के प्रस्ट हुन्छ भने नरेन्द्र मोदी भारतको नेगोसियशन टिमलाई बाईपास गर्दै राफेलको मूल्यको मोलभाउ सिधै १० औं कम्पनीसँग गरिरहेका थिए । यी कागजातको आधारमा नै नरेन्द्र मोदी जेल जान सक्छन् ।’
के हो राफेल डिल विवाद ?
राफेल डिल विवाद भारतमा लडाकु विमान खरिदको क्रममा उत्पन्न भएको राजनीतिक विवाद हो । भारतको रक्षा मन्त्रालयले फ्रान्सको डसाल्ट राफेलबाट ३६ लडाकु विमान खरिद गरेको थियो, जसको अनुमानित मूल्य ५८ हजार करोड भारतीय रुपैयाँ हुनसक्छ ।
विपक्षी पार्टी कांग्रेसले युनाइटेड प्रोगेसिभ एलाइन्स सरकारको दौरान एक राफेल जेट विमानको मूल्य ६ सय करोड भारतीय रुपैयाँ तय गरेको थियो । मोदी सरकारले भने एक राफेलको झण्डै १६ सय करोड भारतीय रुपैयाँ पर्ने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।