‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक

 वैशाख ९, २०७६ सोमबार १२:२१:३५ | रासस
unn.prixa.net

सुर्खेत –कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ ।

पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार ८६४ आन्तरिक र २१ हजार २९१ बाह्य पर्यटक भित्र्याउन सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।

‘पर्यटन आगमन सर्वेक्षण २०७५ अनुसार आन्तरिक पर्यटक चालू आवमा करीब ११ प्रतिशत वृद्धि भएको छ’ मन्त्री बुढाले भन्नुभयो, ‘यो आवको वैशाखसम्म बाह्य पर्यटकको सङ्ख्या ३४.२ प्रतिशत वृद्धि भएको पाइएको छ ।’ ‘कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार’ मूल नारा बनाएर अघि बढेको प्रदेश सरकारले विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली बनाउने आधार स्थापित गरेको उहाँको भनाइ थियो । 

पर्यटन मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले पर्यटन आगमन सर्वेक्षण २०७५ र अध्यागमन विभागको तथ्याङ्कअनुसार सबैभन्दा हुम्लामा १७ हजार ४८९ बाह्य र त्यसमा भारतीय पर्यटक भित्रिएको बताउनुभयो । सबैभन्दा कम सातजना बाह्य पर्यटक जाजरकोटमा आएको सचिव प्रधानले बताउनुभयो । 

प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा रु ७८ लाख १६ हजार ९६ खर्च भएको उल्लेख गरिएको छ । सरकारले नीतिगत रुपमा मन्त्रिपरिषद्बाट गरेको निर्णयका आधारमा ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा बजेट खर्च भएको पर्यटन मन्त्रालयले दाबी गरेको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया