च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई आदेश दिनुभएको छ ।
देशका विभिन्न ठाँउमा भएको विस्फोटनमा परि सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उहाँले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिनुभएको हो ।
राष्ट्रपति सिरिसेनाले घटना लगत्तै केही दिनअगाडि नै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश दिनुभएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उहाँले मङ्गलबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दा पनि सुरक्षा निकायका प्रमुखहरुलाई परिवर्तन गर्ने सङ्केत गर्नुभएको थियो ।
नरसंहारकारी घटनालाई नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै पनि सुरक्षा प्रमुखहरुको लापर्वाहीका कारण घटना भएको ठहर गर्दै उनीहरुलाई परिवर्तन गर्न लागिएको हो ।
श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा गत आइतबार भएका शृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या बुधबार मध्याह्नसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारत, अमेरिका, बेलायत र जापान समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटबाट झण्डै ५ सय व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटल साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो ।
विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।