राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ विहार अवलोकन

 वैशाख १२, २०७६ बिहीबार १२:२२:४५ | रासस
unn.prixa.net

चीन – राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध विहारको अवलोकन गर्नुभयो । 

विहार परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै विहारका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक विहार हो । यो शहरबाट करिब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान विहारले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।

यो विहार ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस विहारमा पुजारी सेङचुङले भारतबाट ल्याउनुभएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो । 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विहारको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । विहार अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी हुनु भएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया