कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
जुम्ला – नागरिक अभियन्ता डाक्टर गोविन्द केसीले जु्म्लामा अनसन सुरु गर्नुभएको छ ।
प्रहरीले रिहा गरेर कभर्डहलमा राखेपछि डाक्टर केसीले प्रहरी कार्यालयबाटै आफूले अनशन सुरु गरिसकेकाले त्यसैलाई निरन्तरता दिने बताउनुभएको हो । डाक्टर केसीले जिल्ला प्रहरी कार्यालयभित्रै अनसन सुरु गरेको घोषणा गरेपछि प्रहरीले उहाँलाई जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा पुर्याएर छोडेको थियो ।
उहाँलाई कवर्ड हलमा सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । डाक्टर केसीले अनसन कुन ठाउँमा सुरु गर्ने भन्ने निर्णय गरिनसकेको उहाँका समर्थकहरुले बताएका छन् ।
यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन सुरु गर्ने घोषणा गरे पनि जिल्ला प्रशासन कार्यालयले प्रतिष्ठानलाई प्रतिबन्धित क्षेत्र घोषणा गरेर केसीलाई प्रवेश गर्न दिएको थिएन । प्रतिष्ठानमा अनशन बस्न नदिएपछि डा.केसी र उहाँका समर्थकले जिल्ला प्रशासन कार्यालय अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्दा उहाँ पक्राउ पर्नुभएको थियो ।
डाक्टर केसी अनसन बस्न शुक्रबार बेलुका जुम्ला पुगेपछि स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको २ सय मिटर वरिपर निषेधित क्षेत्र घोषणा गर्दै अनशन बस्न नपाइने घोषणा गरेको थियो ।
चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर मेडिकल माफियाकै अनुकुल बनाएर ल्याउन खोजेको, जुम्लालाई मेडिकल हब बनाउनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीलगायत मेडिकलको उच्च शिक्षाको अध्यापन सुरु गर्नुपर्नेलगायत माग गर्दै डाक्टर केसी अनशन बस्न शुक्रबार जुम्ला पुग्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।