अतिक्रमणमा परेकाे रेल विभागको जग्गा फिर्ता

 वैशाख १६, २०७६ सोमबार ७:१७:२१ | रासस
unn.prixa.net

काठमाण्डाै - जताततै सरकारी जग्गा अतिक्रमण भइरहेको खबर सार्वजनिक भइरहेको बेला धनुषा जनकपुर नगरपालिका–१ मा रहेको आठ कट्ठा १० धुर जग्गा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल्वे विभागको नाममा कायम भएको छ । 

सर्वोच्च अदालतको आदेशानुसार भूमि सुधार तथा मालपोत कार्यालय धनुषाको यही वैशाख १२ गतेको पत्रबाट उक्त जग्गा रेल विभागको नाममा कायम हुन पुगेको हो । धनुषा जनकपुर नगरपालिका–१ सिट नं. १३५६–१३ कित्ता नं १५७ र १५८ र सोही सिटको १३५६–०८ कित्ता नं. ३४७ र ३४८ गरी कूल दुई हजार ८८०.५६ वर्ग मिटर जग्गा विभागको नाममा आएको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभयो । 

जनकपुर स्टेशन क्षेत्रमा रेल्वेको रेल्वे लिङ्कलाई मध्यभाग मानी उत्तरतर्फको तीन सय फिट र दक्षिणतर्फ २०० फिट जग्गा रेल्वे निर्माणकालदेखि नै भोगचलनमा रहेको थियो । विसं २०२६ को नापी सर्वे हुँदा तत्कालीन जनकपुर नगरपालिका–१ को कित्ता नम्बर १०५ को राइस मिल र मिल्स एरिया भनी १० बिगाहा आठ कट्ठा १६ धुर र कित्ता नं १०६ को एक बिगाहा १६ कट्ठा १७ धुर जग्गा कायम भई घरबास भनी तत्कालीन श्री ५ को सरकारको नाममा दर्ता भएको थियो । 

विसं २०४५ सालको शहरी क्षेत्र नापी क्याम्पबाट नापी हुँदा सोही कित्ताको उत्तर तर्फको कित्ता नं १७ को १२ कट्ठा जग्गा जानकी राइस एण्ड आयल मिलले आफ्नो जग्गामा घुसाई नापी गराएको थियो । उक्त मिल्सको नाममा अस्थायी दर्ता गर्ने गरी गरेको निर्णय गैरकानूनी रहेको भन्दै रेल विभागले कानूनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता चित्रकारले जानकारी दिनुभयो । 

जिल्ला, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा नै रहेको अवस्थामा सो जग्गा मालपोत कार्यालयबाट आफ्नो नाममा दर्ता गराएको र सर्वोच्च अदालतले २०६२ साल असोज १० गते पुनरावेदन अदालतबाट भएको फैसला रेल्वेको पक्षमा भएको थियो । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको उक्त जग्गा लामो प्रयासपछि सरकारको नाममा आएको हो ।  
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया