कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
काठमाडौं – चालु आर्थिक वर्षमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ७२ देशमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको छात्रवृत्ति शाखाले गएको साउनदेखि असारसम्म विश्वका ७२ देशमा नेपाली विद्यार्थी पुगेको जानकारी दिएको हो ।
यो अवधिमा ६२ हजार २ सय विद्यार्थीले पढ्नका लागि स्वीकृतिपत्र लिएका छन् । यो संख्या दुई वर्ष अघिको तुलनामा झण्डै दोब्बर हो । दुई वर्ष अघि ३२ हजार ४ सय ८९ ले विदेशमा उच्चशिक्षाका लागि स्वीकृति लिएको शाखाले जनाएको छ । यो संख्या गएको वर्ष ५० हजार ६ सय ५९ पुगेकोमा यो वर्ष बढेर ६२ हजार नाघेको हो ।
शाखाका प्रमुख देवीप्रसाद उपाध्याय पौडेलका अनुसार दैनिक सरदर दुईसय जनाको हाराहारीमा नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाने स्वीकृतिपत्र लिइरहेका छन् । जसमा सबैभन्दा धेरै अष्ट्रेलिया त्यसपछि जापान र अमेरिका जाने गरेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।