प्रियंका भन्छिन्, ‘भाजपालाई फाइदा पुर्‍याउनु अघि नै मर्न चाहन्छु’

 वैशाख १९, २०७६ बिहीबार १७:२५:४ | एजेन्सी
unn.prixa.net

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी लोकसभा चुनावमा लगातार रायबरेलीमा चुनाव प्रचार गरिरहेकी छिन् । बिहीबार उनले भारतीय जनता पार्टी (भाजपा) लाई निशाना बनाउँदै कडा टिप्पणी गरेकी छिन् । 

उनले कांग्रेस आफ्नै बलबुतामा चुनाव लडिरहेको बताएकी छिन् । धेरै सिटमा कांग्रेसका उम्मेदवार मजबुत देखिएको पनि उनले बताइन् । ‘म भाजपालाई फाइदा पुर्‍याउनु अघि नै मर्न चाहन्छु । हामीले प्रत्येक सिटमा भाजपाको मत काट्ने उम्मेदवारहरु उठाएका छौं,’ प्रियंकाले भनिन् । 

 

उनले भनिन्, ‘मैले नारा लगाइरहेका बालबालिकाहरुलाई रोकेँ किनकि उनीहरु प्रधानमन्त्री मोदीका बारेमा सही थिएनन् । भाजपाले जारी गरेको टेपमा मैले ती बालबालिकाहरुलाई नारा लगाउन रोकेको दृश्य हटाइएको छ ।’

प्रियंका गान्धीकाे एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । भाइरल भैरहेको भिडियोमा केही बालबालिकाहरुले प्रियंकाको सामु ‘चौकीदार चोर हुन्’ भन्ने नारा लगाइरहेको देख्न सकिन्छ । उनीहरुले प्रधानमन्त्री मोदीको बारेमा आपत्तिजनक टिप्पणी गरिरहेको देख्न सकिन्छ । 

केन्द्रीय मन्त्री तथा अमेठीकी भाजपा उम्मेदवार बनेकी स्मृति ईरानीले यसलाई आपत्तिजनक बताउँदै ट्वीट गर्दै लेखेकी छिन्, ‘सोच्नुहोस्, प्रधानमन्त्रीलाई के के कुरा सहन परिरहेको छ । के यसले गान्धी परिवारमा भाजपाप्रति रिसकाे पाराे चढाइदियाे ?’
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया