अन्नपूर्ण हिमालबाट ४३ घण्टापछि उद्धार गरिएका मलेसियाली डाक्टरकाे सि‌ंगापुरमा मृत्यु

 बैशाख १९, २०७६ बिहिबार २०:५०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्नपूर्ण हिमालबाट एक साताअघि अघि उद्धार गरिएका मलेसियाका डाक्टर चिन वुइ किनको उपचारका क्रममा बिहीबार सिंगापुरमा निधन भएको छ ।

डाक्टर चिन वुइ अन्नपूर्ण हिमालमा ४३ घण्टा अलपत्र परेका थिए जसलाई ४३ घण्टापछि नेपाली उद्धार टोलीले सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरेको थियो ।

उद्धारपछि काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार गरेर थप उपचारका लागि उनलाई सिंगापुर रिफर गरिएको थियो ।

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको शवलाई सिंगापुरको बुकित मेराहमा रहेको बौद्ध मन्दिरमा राखिएको स्थानीय टुडे अनलाइले जनाएको छ । अन्नपूर्ण हिमालबाट ओर्लने क्रममा अप्रिल २३ तारिखदेखि हराइरहेका थिए । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया