च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे दक्षिण पूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।
प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार सम्पन्न आठ दिवसीय चीनको राजकीय भ्रमणबारे जानकारी दिन बिहीबार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीकाे भ्रमणबारे जानकारी दिनुभयाे, 'कुनै समय युद्धबाट जर्जर भएका ती दुवै देश अहिले आर्थिक समृद्धिको मार्गमा द्रुतगतिमा अघि बढेका छन्, उनीहरूको विकासको अनुभव हाम्रानिम्ति उपयोगी हुने ठानेका छौँ ।'
बहुल बौद्धधर्मावलम्वी दुवै देशबाट नेपालको धार्मिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले निकट भविष्यमा सञ्चालन हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भियतनामी र कम्बोडियाली पर्यटक लुम्बिनीमा घुरफिर गर्न आउन सक्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।