मोदी १५-२० दिनका लागि मात्र भारतका प्रधानमन्त्री हुन् : राहुल गान्धी

 वैशाख २१, २०७६ शनिबार १३:६:१४ | एजेन्सी
unn.prixa.net

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले शनिबार  पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गरेका छन् । आधा चुनाव पछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको राहुलले बताए । 

राहुलले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन् । महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो ।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन् । 

‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने। 

राहुल भन्छन्, ‘हामीले मोदीसँग चार/पाँच चुनाव लडिसकेका छौँ। जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन् ।’    

राहुलले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन् । उनले भने, ‘चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको छ । जहाँ सत्ता पक्ष भाजपाका लागि एउटा नियम छ भने विपक्षी पार्टीका लागि एउटा नियम छ । चुनाव आयोगमाथि पनि भाजपाको दबाब रहेको छ ।’

‘सन् २०१४ देखि नरेन्द्र मोदीले आफू १०/१५ वर्षका लागि प्रधानमन्त्री रहने बताउँदै आएका थिए । मोदीजीको प्रधानमन्त्रीको आयु अब १५ देखि २० दिनसम्मको मात्र छ । अब प्रधानमन्त्री को हुन्छ ? यो देशका नागरिकले तय गर्नेछन्’, राहुलले भने । 

राहुलले प्रधानमन्त्री मोदीलाई पत्रकार सम्मेलन गर्न पनि सुझाएका छन् । पाँच वर्षमा एक प्रधानमन्त्रीले एउटा पनि पत्रकार सम्मेलन नगर्नु राम्रो उचित नभएको राहुलले बताए । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया