पहिलो पटक अन्तरिक्षमा पुग्यो जापानको मानवरहित निजी रकेट

 वैशाख २१, २०७६ शनिबार १९:४५:१५ | एजेन्सी
unn.prixa.net

जापानको एक एयरोस्पेस स्टार्टअप कम्पनीले अन्तरिक्षमा रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । इन्टरस्टेलर टेक्नोलोजी कर्पाेरेशनका अनुसार, मानवरिहत मोमो–३ रकेट प्रशान्त महासागरमा खस्नु अघि एक सय किलोमिटर (६० माइल) उचाइसम्म पुगेको थियो । 

कम्पनीले एक व्यवसायिक रकेट अन्तरिक्षसम्म पुग्न सक्ने कुरालाई यो रकेट प्रक्षेपणले साबित गरेको जनाएको छ । १० मिटर लामो र ५० सेन्टिमिटर व्यास रहेको रकेटको तौल झण्डै एक टन रहेको छ । रकेट पेलोड (अन्तरिक्ष उपकरण) को कक्षामा छोड्न सक्षम छ । 

सन् २०१७  र २०१८ मा दुई पटक असफलतापछि कम्पनीले शनिबार निकै ठूलो उपलब्धी हासिल गरेको हो । यो निजीस्तरमा विकसित गरिएको अन्तरिक्षसम्म पुग्न सक्ने जापानको पहिलो रकेट हो । 

लाइभडोर कम्पनीका पूर्व अध्यक्ष ताकाफुमी होरीले सन् २०१३ मा स्थापना गरेको कम्पनीको उद्देश्य उपग्रहहरुलाई अन्तरिक्षमा लैजानका लागि कम लागतमा व्यवसायिक रकेट बनाउनु हो । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया