नागढुंगाबाट ६ किलो सुनसहित एक जना पक्राउ

 असार १७, २०७५ आइतबार २०:९:३८ | उज्यालो सहकर्मी

काठमाडौं – प्रहरीले आइतबार काठमाडौंको नागढुंगाबाट ६ किलो सुनसहित एक जनालाई पक्रेको छ । 

काठमाडौंबाट बाहिर जान लागेको गाडीमा जाँच गर्ने क्रममा अवैध सुन भेटिएकाले पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले हिजो पनि ३ किलो सुनसहित ५ जनालाई पक्राउ गरेको थियो । 

हिजो पक्राउ परेका एक नेपालीसहित ४ जना भारतीय नागरिकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । भारतीय नम्बर प्लेटको गाडीबाट भारततर्फ सुन लैजादै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौंको नागढुङ्गाबाट हिजो ३ किलो सुनसहित ४ जना भारतीय र एक नेपाली नागरिक पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा भारत उत्तराखण्डका गाडी चालक दिपक कुमार मौर्य, अशोक कुमार, सन्जना साह, चन्द्रमोहन जोशी र कन्चनपुरका २३ वर्षीय मनोज विक छन् । उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया