कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
काठमाडौं – बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी पहिरोको जोखिम बढेसँगै विभागले त्यस आसपासका बासिन्दालाई सतर्कता अपनाउन मोबाइलमा म्यासेज पठाइएको महानिर्देशक डाक्टर ऋषिराम शर्माले जानकारी दिनुभयो ।
बबई र राप्ती नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको उहाँले बताउनुभयो । बाढी तथा पहिरोको जोखिमबारे थाहा पाउन मोबाइलबाट ११५५ मा एसएमएस गर्न सकिनेछ । बबई नदीमा बाढी आए बर्दिया, सुर्खेतका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ ।
यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढ्छ । यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो । पानी पर्ने क्रम नरोकिएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
कुन नदीकाे अवस्था के छ थाहा पाउन यहाँ हेर्नुहाेस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।