च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – सरकारले चीनसँग भर्खरै भएको पारवहन ढुवानी सम्झौताको प्रोटोकल कार्यान्वयन प्रयास थालिएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकल कार्यान्वयन गर्न चीनका सुक्खा र समुद्री बन्दरगाहबाट सामान छुटाउने, आयात प्रक्रिया, आवश्यक पर्ने कागजात, ढुवानी खर्च दूरी र समय अध्ययन गर्न विशेषज्ञसहितको टोली चीनतर्फ प्रस्थान गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।
मंगलबार अपराह्न सञ्चारकर्मीमाझ उहाँले भन्नुभयो, ‘पारवहन यातायात सम्झौता र यो सम्झौताको प्रोटोकलको कार्यान्वयनको अवस्थाका बारेमा पुनरावलोकन गर्न नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र चीनको यातायात मन्त्रालयका सचिवस्तरमा एक संयुक्त परामर्श संयन्त्र बनेको छ ।’ त्यसैगरी प्राविधिक विषयमा छलफल गर्न ती दुवै देशका ती निकायका सहसचिव र महानिर्देशक स्तरमा संयुक्त परामर्श समिति गठन भएको जानकारी पनि उहाँले दिनुभयो ।
सुक्खा तथा सामुद्रिक बन्दरगाह प्रयोग गर्न तीन वर्षअघि नेपाल र चीनबीच पारवहन ढुवानी सम्झौता भएको थियो भने यही वैशाख १६ गते सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको हो । यो प्राटोकल हस्ताक्षर भएसँगै लागू भएको छ जसले चीनको भूमि हुँदै जापान कोरियालगायत तेस्रो देशबाट वस्तु आयात–निर्यात गर्न पारवहन मार्ग खुला भएको छ ।
यसैबीच सचिव अधिकारीले भूकम्पका कारण बन्द भएको तातोपानी नाका आउँदो जेठ ६ गतेदेखि सञ्चालन हुने बताउनुभएको छ । ‘चिनियाँ पक्षले उक्त दिन नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गर्ने जानकारी दिएको छ, हाम्रोतर्फबाट पनि तत्काल सुरु हुन्छ,’ नेपालतर्फका सडक पूर्वाधार सडक विभागले मर्मतसम्भार गर्ने विश्वास व्यक्त गर्र्दै उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।