प्रदेश ३ सरकारले साझा यातायातमा लगानी गर्ने

 बैशाख २६, २०७६ बिहिबार ६:५१:३९ | रासस

मकवानपुर – प्रदेश ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने १३ वटा स्वास्थ्य कार्यालयहरूको नेपाली तथा अङ्ग्रेजी नाम, साइनबोर्ड र छाप स्वीकृत गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया