नेपाल र भियतनामबीच सम्झौता

 बैशाख २९, २०७६ आइतबार ७:३१:२६ | रासस
unn.prixa.net

भियतनाम – नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।

यो अवसरमा कूटनीतिक प्रवेशआज्ञा छुट तथा सरकारी राहदानीमा रहेका अवरोध हटाउने र दुई देशबीचमा सम्बन्धका विषयमा विचारविमर्श गर्न द्वीपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा सम्झौता भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गर्नुभयो । 

त्यसैगरी व्यापार तथा लागानी संरचनासम्बन्धी सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गर्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया