सलमान खानकाे प्रेरणाले सिनेमामा अाएका अनुभव रेग्मी

 असार १८, २०७५ सोमबार १७:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - बालकलाकार अनुभव रेग्मी साेमबारदेखि १२ वर्षमा प्रवेश गरेका छन् । उनी सानै उमेरमा सफलता पाउने कलाकारमा पर्छन् ।

वि.स २०६४ साल असार १८ गते काठमाडौंमा जन्मिएका अनुभवले ९ महिनाको उमेरदेखि सिनेमामा काम गर्न थालेका हुन् । उनले ९ महिनाको हुँदा सिनेमा ‘तोड’मा काम गरेका थिए । त्यसपछि उनले ‘भिजा गर्ल’मा काम गरे । 

‘भिजा गर्ल’ पछि अनुभवले काम गरेको ‘रियो पुन्टे’को विज्ञापन हेरेपछि निर्देशक विकासराज आचार्यले सिनेमा ‘नाइँ नभन्नु ल २’मा शीर्ष भूमिकामै उनलाई लिए ।

अनुभवको शीर्ष भूमिका रहेको पहिलो सिनेमा नै हिट भयो । स्पष्ट भन्ने हो भने अनुभव यही सिनेमाबाट एकाएक सेलेब्रिटी बन्न पुगे ।

सलमान खानका कारण सिनेमामा 

अनमोलको सिनेमा प्रवेशमा बलिउड अभिनेता सलमान खानको विशेष भूमिका छ । सलमानको सिनेमा ‘दबंग’ हेरेपछि नै अनुभवलाई सिनेमामा रुचि बढेको थियो ।

त्यसअघि उनी सिनेमा ‘आचार्य’को सेटमा काम गर्न गएर कामै नगरी फर्केका थिए । 

बुवा अरुण रेग्मी र आमा कविता रेग्मी पनि यही क्षेत्रमा आवद्ध हुनु अनमोल सिनेमामा आउनुको अर्को कारण हो ।

अनुभवले ‘रिदम’, ‘काली’, ‘नाईं नभन्नू ल २’, ‘नाईं नभन्नू ल ३’ नाइँ नभन्नु ल ४, ए मेरो हजुर २, शब्द, आवरण लगायत दर्जनौं सिनेमामा काम गरिसकेका छन् ।

उनको मुख्य भूमिका रहेको सिनेमा‘नाई नभन्नु ल ५’ प्रदर्शनको तयारीमा छ ।

उनले यो सिनेमामा अभिनेत्री सेड्रिना शर्माको जोडीको रुपमा काम गरेका छन् । यो सिनेमा भदौ ८ गतेदेखि प्रदर्शनमा आउनेछ । 

उज्यालो र गफगाफ डट कमको सहकार्यमा


 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया