च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – व्यवसाय र उद्यमशीलता विकासका लागि ‘नेपाल इण्डिया फ्रान्चाइस इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ बुधबारदेखि काठमाण्डाैमा सुरु भएको छ । जेठ २ गतेसम्म दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने यो एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका झण्डै ६० समूह सहभागी हुने छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले स्वदेशमा अन्तर्राष्ट्रिय ब्राण्डका आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारका लागि एक्सपो गर्न लागिएको जानकारी दिनुभयो । नेपाली ब्राण्डलाई स्तरोन्नति गर्न सहयोग पुग्ने एक्सपोले वैदेशिक लगानीको वातावरण बन्ने र रोजगारी सिर्जनामा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपालस्थित भारतीय दूतावासको सहयोगमा हुने उक्त कार्यक्रममा दई देशबीचका व्यवसायीले लगानीका लागि प्रविधि, कृषि उत्पादन, पर्यटन व्यवसायलगायत क्षेत्रमा सम्भावनाको खोजी गरिने छ । एक्सपोमा भारतीय ब्राण्डका विभिन्न उत्पादनलाई नेपालमा कसरी व्यावसायिक गन्तव्य बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने बताइएको छ । दुवै देशका उद्यमी तथा व्यवसायीबीच व्यापार तथा आर्थिक विकासबारे अन्तर्क्रियासमेत सञ्चालन गरिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।