पाँच वर्षपछि मोदीको पहिलो पत्रकार सम्मेलन: भाजपा भन्छ- तीन सयभन्दा बढी सिट ल्याउनेमा ढुक्क छौं

 जेठ ३, २०७६ शुक्रबार १९:७:१६ | एजेन्सी
unn.prixa.net

चुनाव प्रचारको अन्तिम घडीमा प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच वर्षको कार्यकालमा पहिलो पटक पत्रकार सम्मेलन गर्दै सञ्चार माध्यमसामु प्रस्तुत भएका छन् । 

शुक्रबार नयाँ दिल्लीको भारतीय जनता पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष अमित शाह पनि सहभागी भएका थिए । तर पत्रकारले सोधेको प्रायशः प्रश्नको उत्तर भने अध्यक्ष शाहले नै दिए । 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहले भने, ‘संगठनको आकार अनुसार हामीले प्रधानमन्त्री मोदीको कामलाई तल्लो स्तरका जनतासम्म पुर्‍याउने प्रयास गरेका छौँ । २००६ मा हामीसँग ६ सरकार थियो र आज हामीसँग १९ सरकार छ ।’ मोदी सरकारले पाँच वर्षमा झण्डै एक सय ३३ योजनाहरु लिएर आएको शाहले बताए । 

 

‘प्रधानमन्त्री मोदीले भने, ‘पूर्ण बहुमत भएको सरकार पाँच वर्ष पूरा गर्दै दोस्रो पटक आउन खोजिरहेको छ, यो नै ठूलो कुरा हो । सरकार मजबुत हुँदा आईपीएल, रमजान र विद्यालयको परीक्षा र बाँकी चीज शान्तिपूर्ण ढंगबाट गर्न सकिन्छ, ।’ 

पार्टीका अध्यक्ष अमित शाहले यो लोकसभा निर्वाचनमा बीजेपीले तीन सयभन्दा बढी सिट ल्याउनेमा ढुक्क रहेको धारणा राखे । 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीभन्दा पार्टी अध्यक्ष अमित शाहले धेरै प्रश्नको उत्तर दिए । पत्रकारहरुले धेरैजसो प्रश्नको उत्तर अमित शाहबाट नै लिए । भोपालबाट साध्वी प्रज्ञाले जित्दा पार्टीले स्वागत गर्छ कि गर्दैन ? भन्ने प्रश्नमा प्रधानमन्त्री मोदी केही बोलेनन्, मात्र मुस्कुराइरहे । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया