बलान बिहुल गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट, एक जना घाइते

 जेठ ४, २०७६ शनिबार ९:४७:२९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति कुकर बम बिस्फोट भएकाे छ । 

बम बिस्फोटबाट गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतका काका ७० वर्षीय श्यामानन्द गोईत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विष्फोटमा गोईतको ढाडभन्दा तल छर्रा लागेको तथा समान्य घाइते भएको प्रहरीले जनाएको छ । राति करिब १२ बजेतिर नचिनेका मान्छेहरुकाे समूहले घरमा बम विष्फोट गराएको अध्यक्ष गोइतले जानकारी दिनुभयो ।  

यसैबीच जयकृष्ण गोइत नेतृत्व जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले भ्रष्टाचारकाे बिराेधमा आफूहरुले बम विष्फोट गराएको भन्दै बिस्फाेटकाे जिम्मा लिएकाे छ ।  

गोईत समूहले जारी गरेकाे विज्ञप्तीमा तराईमा भ्रष्टाचार बिरोधी अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँपालिकाको भ्रष्ट अध्यक्ष दयानन्द गोइतको निवासमा प्रेसर कुकर बम कार्वाही स्वरूप विष्फोट गराएको दावी गरेका छन ।  

साथै जारी विज्ञप्तीमा भ्रष्टाचार(अपराध) जारी नै रहे यसभन्दा पनि उच्च स्तरको कार्वाही हुने चेतावनी दिइएकाे छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया